
काठमान्डौ/दसैँ बिदापछि आजदेखि सुनचाँदीको कारोबार सुरु भएको छ । कारोबार भएको पहिलो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।