
काठमान्डौ/नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत्, पर्यटन, खनिज लगायत अन्य प्राकृतिक स्रोतहरूमा लगानीका लागि समझदारी भएको छ ।
सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराए । नेपालमा जलविद्युत्, पर्यटन, खानी एवम् प्राकृतिक अन्य स्रोतहरूमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरू समक्ष उनले आग्रह गरे ।