Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित – Lekhanpeeth

अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित

170
0
Share:

काठमान्डौ/अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको छ। गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

 

पहिला ब्याटिङ गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो। जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ४ विकेटले खेल जितेको थियो।

 

यस अभ्यास खेलमा लिग-२ को खेल अघि अमेरिका ए, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन्। आज अभ्यास खेल अन्तर्गत अमेरिका ए र स्कटल्याण्ड खेल्दै छन्।

Share: