घट्यो शेयरबजार

130
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयरबजारमा गिरावट आएको छ । यो हप्ता सुरुदेखि नै घट्न थालेको बजार बिहीबार अन्तिम दिन पनि घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयरबजार मापक परिसूचक नेप्से १८.२५ अंकले घटेर २६२७.१४ मा सीमित भएको छ ।

 

नेप्सेका अनुसार यस दिन ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १७० कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ भने ६७ कम्पनीको मूल्य बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ ।

Share: