Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज २०८१ साल कात्तिक ९ गते शुक्रबारको राशिफल – Lekhanpeeth

आज २०८१ साल कात्तिक ९ गते शुक्रबारको राशिफल

176
0
Share:

काठमान्डौ/मेष : चन्द्रमा गलत ठाउँमा भएकाले सोचेको काम नबन्ने जोखिम छ। ठुलो काममा हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट गरेको काम मात्र बन्ने योग छ। गम्भीर रोगको जोखिम भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ। सुरक्षा क्षेत्रको जिम्मेवारीमा भए बढुवा हुनेछ।

 

वृष : समाज र परिवारमा थोरै बोलेर जित्ने दिन छ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पुरानो रोगले भन्दा नयाँ रोगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

 

मिथुन : धनलक्ष्मी योग रहेकाले लगानीमा हिम्मत गरेमा व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा आस्था घट्ने सम्भावना छ। बन्धुको सहयोगले दिन रमाइलो बन्नेछ।

 

कर्कट : दिन राम्रो छ। राजनीतिक संगठनमा तपाईंको पहुँच विस्तार हुनेछ। साथीभाइ दाहिना भएकाले काम गर्न सहज वातावरण बन्नेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

सिंह : वैदेशिक रमझमले मन अशान्त बन्नेछ। मिल्ने साथीसँगको सहकार्य सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम देखिन्छ। परिवारमा मायाले घात गर्ने खतरा छ। व्यापारमा घाटा हुने भएकाले सचेत बन्नुपर्नेछ।

 

कन्या : अरुलाई भड्काएर दिन सफल बन्नेछ। बन्धुको साथ मिल्नेछ। रोगको उपचारमा भए लाभ लिने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्ने दिन छ।

 

तुला : प्रतिस्पर्धी संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। गला र कलाको प्रदर्शन गर्ने कुरामा सफलता मिल्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट हुने सहयोगले काम बन्नेछ। परिवारको साथ मिल्नेछ।

 

वृश्चिक : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक संगठनमा राम्रो काम गर्ने प्रयास गर्नुपर्नेछ। व्यापारमा हात नबढाएको राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

 

धनु : आज मनमा खटपटी बढ्नेछ। सोचेको काममा अवरोध हुनेछ। सहकार्यबाट अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। कानुनी पर्खाइमा भए न्याय मिल्ने दिन छ। भाग्यस्थानमा शुभग्रह भएकाले शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ।

 

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। लगानीका क्षेत्र परिवर्तन गर्नुपर्ने देखिन्छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

कुम्भ : मध्य साढेसाती दशा चलिरहेको छ। मन अशान्त बन्नेछ। लगानीको क्षेत्रमा घाटा हुनेछ। साथीभाइले असहयोग गर्नेछन्। यस्तो अवरोध रोक्न बिहान उठेर शिवको भजन सुन्ने र वरपिपलको दर्शन गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भने मेहनतको फल प्राप्त हुनेछ।

 

मीन : प्राविधिक शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। खानपानमा ख्याल गर्नुपर्नेछ। राजनीतिक संगठनमा तपाईंको नाम रहनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

Share: