फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

58
0
Share:

काठमान्डौ/फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् ।

 

आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।

 

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् । क्याभिट प्रान्तमा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।एएफपीको आधिकारिक प्रहरी र विपद् निकाय स्रोतका अनुसार अन्य प्रान्तमा थप पाँच जनाको शव फेला परेपछि मृतकको सङ्ख्या १०० पुगेको छ ।

 

प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटाङ्गासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन् ।

 

बटाङ्गासमा अधिकांश को मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ ।माटो, ढुङ्गा र ढलेका रूखको थुप्रोबाट २० जनाभन्दा बढीको शव निकालिएको छ भने कम्तीमा २० जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।

 

उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतबार जनाएको छ । प्रत्येक वर्ष करिब २० वटा ठूला आँधीबेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पु-याउने गरेको छभने दर्जनौं मानिसको ज्यान लिने गरेको छ ।

 

एशिया–प्रशान्त क्षेत्रका आँधीबेहरीहरू समुद्र तटको नजिक बढ्दै गएको र जलवायु परिवर्तनका कारण जमिनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ।

Share: