काठमाडौँ र ललितपुरबाट १२ जुवाडे पक्राउ

69
0
Share:

काठमाडौँ/काठमाडौँ र ललितपुरबाट जुवातास खेलेको आरोपमा १२ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका-८ पाँगा सालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । त्यसैगरी ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ३० हजार ९ सय २० रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

Tagsarrest
Share: