
कारमा सवार गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेला परेको हो । कारमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-२ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए।
उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको थियो। पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।