नेप्से २२ अंकले बढ्यो, ११ अर्बको कारोबार

64
0
Share:

काठमान्डौ/धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २२.१४ अंकले बढेको छ । नेप्से ०.८० प्रतिशतले बढेर २७६०.२१ को विन्दुमा पुगेको छ । यसदिन ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँमा दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर मूल्य घट्दा ९ को स्थिर छ ।

 

सोमबार पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, मानुसी लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ ।

 

सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाइड्रोपावर लिमिटेड छ र यसको सेयर मूल्य दश प्रतिशतले घटेको छ । कारोबारमा रहेको १३ उपसमूहमध्ये आठको समूहगत परिसूचक बढेको छ भने पाँचको घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स क्षेत्रको समूहगत परिसूचक ३.२० प्रतिशतले बढेको छ ।

Tagsnepse
Share: