Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आजदेखि नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै – Lekhanpeeth

आजदेखि नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै

141
0
Share:

काठमान्डौ/आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ । आज दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो।

 

नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार विद्युत् निर्यात गर्न लागिएको हो। नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म विद्युत् निर्यात हुने सम्झौता छ। पहिलो चरणमा आज एक दिनका लागि विद्युत् निर्यात हुने छ। योसँगै बंगलादेशसम्म विद्युत् निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ।

 

यसको उद्घाटन भर्चुअल रूपमा संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् । शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पुर्‍याउँदै छ ।यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

 

प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव ९-५ पैसा आम्दानी गर्ने छ। नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात् बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ ।

 

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्ने छ ।

Share: