Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त – Lekhanpeeth

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त

142
0
Share:

काठमान्डौ/सरकारले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा.सरोज शर्मालाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख रहेका शर्मालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नियुक्त गरेका हुन्।

 

मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहितको जिम्मेवारी दिइएको छ। बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएपछि उक्त पद खाली थियो।

 

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा पुगेको छ।

Share: