Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्व सभामुख ढुंगानाको निधन – Lekhanpeeth

पूर्व सभामुख ढुंगानाको निधन

292
0
Share:

काठमान्डौ/पूर्व सभामुख दमननाथ ढुंगानाको आइतबार निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

उनी कलेजो सम्बन्धी समस्याबाट ग्रसित थिए । ढुंगाना २०४८ सालदेखि २०५१ साल सम्म सभामुख थिए ।

 

२०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए ।

 

Share: