तोलामा ९ सयले बढ्यो सुनको मूल्य

102
0
Share:

काठमान्डौ/आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले बढेर तोलाको एक लाख ६३ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Share: