Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उपराष्ट्रपति रामसहायप्रसाद यादव र यूएई राजदूतसँग शिष्टाचार भेटघाट – Lekhanpeeth

उपराष्ट्रपति रामसहायप्रसाद यादव र यूएई राजदूतसँग शिष्टाचार भेटघाट

Share:

काठमान्डौ/उपराष्ट्रपति रामसहायप्रसाद यादवले संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीसँग शिष्टाचार भेटघाट भएका छन्। भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्ध लगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

 

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबिच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकोमा सन्तोष व्यक्त गर्दै भने, ‘दुई मित्रवत् देशबिचको उच्चस्तरीय भ्रमण आदानप्रदानले एकआपसमा सहकार्यका लागि थप अवसर प्रदान गर्दै आएको छ।’

 

उनले यूएईको ५३औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना दिँदै हालै ‘फ्लाई दुबई’ ले गौतमबुद्ध विमानस्थलमा सिधा उडान सुरु गरेकोमा हार्दिक धन्यवाद दिए।

Share: