Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित – Lekhanpeeth

उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

187
0
Share:

काठमान्डौ/पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् । उद्यागहरूबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछिे जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ ।

 

पाल्हीनन्दन गाउँपालिका–६ का सन्दीप यादवले स्थानीय उद्योगबाट निस्किएको फोहरले गाउँ प्रदूषित हुनुका साथै फोहर पानीमा केमिकल मिसिएको र उक्त पानी खोलामा जाँदा खोला दुर्गन्धित बनेको बताए । केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा फोहर पानीले कृषि बालीलाई क्षति पु¥याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेका छन् ।

 

यसरी वातावरण प्रदूषण हुनुका साथै पशुचौपाया, कृषि बालीमा क्षति हुन थालेपछि प्रदूषण रोक्न र सारेकार भएकाको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा निवेदन दिइएको यादवले जानकारी दिए ।

 

जिल्लामा रहेका रोसलान भोडका, वरुण वेभरेज, लुम्बिनी पेपर मिल, गोयनका प्रालिबाट निस्किने प्रदूषित पानी प्रशोधन नगरी खोलानालामा छोडेकाले पशुचौपाय चरन गर्न नपाएका, कतिपय पशु मरेका, प्रदूषित पानीले खोलानाला दुर्थन्धित भई वातावरण दूषित गरिरहेको पाल्हीनन्दनका धरेन्द्र यादवले बताए । उद्योगबाट निस्किने फोहर पानीले वातावरण दूषित गरेको रामग्राम नगरपालिका–१० का वडाध्यक्ष सुरेश यादवले बताए ।

 

उद्योगहरूको प्रदूषित पानीले कृषि तथा पशुचौपायमा क्षति पु¥याएको स्थानीयवासीले निवेदन आएपछि अनुगमन गर्दा प्रदूषित पानी बगिरहेको पाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। समस्या समाधानका लागि उद्योगका प्रतिनिधि, स्थानीय प्रतिनिधि, नागरिकसहित छलफल गरी विकल्प खोजिने भनाइ छ ।

Share: