Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चीनमा भेटियो ८० अर्ब डलर बराबरको सुनखानी – Lekhanpeeth

चीनमा भेटियो ८० अर्ब डलर बराबरको सुनखानी

126
0
Share:

काठमान्डौ/चीनमा संसारको सबैभन्दा ठूलो सुनखानी फेला परेको छ। चीनको आधिकारिक निकायका अनुसार केन्द्रीय चीनमा वाङ्गु सुनखानी भेटिएको हो। उक्त खानीको मूल्य ८० अर्ब अमेरिकी डलरभन्दा बढी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

 

उक्त सुनखानीमा १ हजार टनभन्दा बढी सुन भएको चिनियाँ आधिकारिक निकायहरुले जानकारी दिएका छन्। हुनान प्रान्तको पिंगजियाङ्ग काउन्टीमा उक्त सुनखानी भेटिएको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

 

थ्रीडी मोडलिङ र ड्रिलिङको आधारमा चिनियाँ वैज्ञानिकहरूले उक्त सुन भण्डारण फेला पारेका हुन्। चीन विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देश हो। चीनले २०२३ मा विश्वको कुल उत्पादनमा १० प्रतिशत हिस्सा ओगटेको छ।

Tagschina
Share: