Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ब्लाइण्ड टि–२० विश्वकपको सेमिफाइलनमा नेपाल पाकिस्तानसँग पराजित – Lekhanpeeth

ब्लाइण्ड टि–२० विश्वकपको सेमिफाइलनमा नेपाल पाकिस्तानसँग पराजित

177
0
Share:

काठमान्डौ/ नेपाल ब्लाइण्ड टि–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा पराजित भएको छ। पाकिस्तानमा जारी प्रतियोगितामा नेपाल सेमिफाइनलमा घरेलु टोलीसँग १० विकेटले पराजित भयो। नेपाल पहिलो पटक सेमिफाइनल पुगेको थियो।

 

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा विनाक्षति भेट्टायो। पाकिस्तानका लागि कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए।

 

त्यसअघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए। बलिङमा पािकस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए।

 

पाकिस्तान अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरणमा पनि नेपाल पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो।

Share: