Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२७५० अंकमा झर्‍यो सेयर बजार – Lekhanpeeth

२७५० अंकमा झर्‍यो सेयर बजार

130
0
Share:

काठमान्डौ/बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।

 

१०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशत घट्यो । विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूह ८.७२ प्रतिशत घटेको छ ।

Share: