इराकले खालि गरायो सिरियामा रहेको आफ्नो दूतावास, कर्मचारी पठायो लेबनान

83
0
Share:

काठमान्डौ/इराकले सिरियामा रहेको दूतावास खाली गरेको छ । इराकी राज्य समाचार एजेन्सीका अनुसार उसले त्यहाँ कार्यरत सबै कर्मचारीलाइ लेबनान लगेको छ ।

 

‘इराकले सिरियामा रहेको आफ्नो दूतावास खाली गरेको छ र कर्मचारीहरूलाई लेबनानमा सारिएको छ,’ इराकी राज्य समाचार एजेन्सीले आइतवार रिपोर्ट गरेको छ ।

 

विद्रोहीहरूले राष्ट्रपति बसर असदलाई अपदस्थ गरी राजधानीको नियन्त्रणमा लिएको केही घण्टा पछि इराकले आफ्नो दुतावास खाली गरेको हो । तर, अचानक खाली गर्नुको कारण के हो ? त्यो भने केही सार्वजनिक गरिएको छैन।

Share: