रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु

55
0
Share:

काठमान्डौ/रौतहटमा स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाराको गढीमाई मेलाबाट सिराहा फर्कँदै गरेका यात्रु सवार बा १६ च ३१६२ नम्बरको स्कारपियो पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार-लमाहा सडक खण्डमा दुर्घटनामा परेको हो ।

 

तीव्र गतिको स्कारपियो अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किँदा चालकसहित ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए ।

 

दुर्घटनामा ४ जना घाइते भएका छन् ।

Share: