Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ – Lekhanpeeth

काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

179
0
Share:

काठमान्डौ/काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

 

काठमाडौंको टोखा नगरपालिका–१०, गोंगबु गणेशस्थानका ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित सातजनालाई पक्राउ गरेको छ । बुधबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ७२ हजार ५०० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो । यस्तै, ललितपुर महानगरपालिका–१४, तिखिदेवलका चमनसिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको टोखामा बस्दै आएका ३६ वर्षीय लोरबहादुर गुरुङसहितका व्यक्तिहरू छन् ।

 

नगद दुई लाख २४ हजार ६७५ रुपैयाँ र १३ बुक ताससहित बुधबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Tagsarrest
Share: