काठमाडौंमा किशोरीको हत्या, युवक पक्राउ

99
0
Share:

काठमान्डौ/काठमाडौंमा किशोरीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४, खड्कागाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङ छन् ।

 

काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा डेरा गरी बस्दै आएकी गजुरी–४ की १७ वर्षीया सरिता तामाङको हत्या गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

सरिता आफ्नै कोठामा बुधबार दिउँसो मृतावस्थामा फेला परेकी थिइन् । घटनामा संलग्न विश्वासलाई पक्राउ र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tagsdeath
Share: