Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संविधान संशोधन गर्न कांग्रेस एमालेले चाँडै कार्यदल बनाउँछन् : गृहमन्त्री लेखक – Lekhanpeeth

संविधान संशोधन गर्न कांग्रेस एमालेले चाँडै कार्यदल बनाउँछन् : गृहमन्त्री लेखक

208
0
Share:

काठमान्डौ/गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन्।

 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औं वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको भन्दै छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताएका हुन्।

 

उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गरे। संविधानको समिक्षाका साथै बिषयबस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए। गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केही समय लाग्ने बताए।

 

उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिवद्धता जनाए। लेखकले संविधानको भावना अनुसारको कानून बन्न नसकेकाले दलित समुदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गरे। दलित समूदायको अधिकार स्थापीत गर्नका लागि थप कानून निर्माण गर्ने उनको भनाइ छ।

Share: