Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढुवा रोकेर डिएसपीको काज सरुवा – Lekhanpeeth

बढुवा रोकेर डिएसपीको काज सरुवा

107
0
Share:

काठमान्डौ/गृहमन्त्रालयले बढुवा रोकेर डिएसपीको काज सरुवा गरेको छ। लामो समयदेखि बढुवाको पर्खाइमा रहेका डिएसपीलाई रोकेर नेपाल प्रहरी प्रधान कार्यालयले केही महत्वपूर्ण प्रहरी कार्यालयका डीएसपीलाई काज सरुवा गरेको हो।

 

डीएसपी जिम्मेवारीमा सबैभन्दा आकर्षक मानिने प्रहरी बृत्त सोह्रखुट्टेमा जागेश्वर भण्डारीको काज सरुवा भएको छ। त्यहाँका डीएसपी सत्यनारायण थापाको कार्यकाल पूरा भएपछि उनको ठाउँमा भण्डारीलाई पठाइएको हो।

 

डीएसपी पोष्टिङको अर्को महत्वपूर्ण युनिट मानिने इलाका प्रहरी कार्यालय, सिमरा, बारामा सुभद्रा वाइवा तामाङलाई पठाइएको छ।

 

त्यहाँ क्षेत्रीय विमानस्थल, भैरहवा दरबन्दी भएका डीएसपी चिरञ्जीवी दाहाल कार्यरत थिए। प्रहरी बृत्त, सिंहदरबारमा बेदबहादुर पौडेल र हुम्ला जिल्लाको प्रहरी प्रमुखमा शंकर पोखरेल काज सरुवा गरिएको छ।

Share: