
काठमान्डौ/नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पुन पनि सहभागी भएका हुन्। स्थायी समिति बैठकमा पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुने बताइएको छ।