Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै – Lekhanpeeth

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

Share:

काठमान्डौ/सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कानून व्यवसायीहरूले रवि लामिछानेको तर्फबाट थुनछेक बहस गर्दैछन् । कास्की जिल्ला अदालतमा जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् ।

 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरूद्ध दर्ता भएको मुद्दामा गत मंगलबारदेखि थुनछेक बहस भइरहेको छ। सरकारी वकिल, जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरूको बहसपछि यो सातादेखि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए।

 

आइतबार प्रतिवादी छबिलाल बन्जाडे जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए। उनले प्रधानमन्त्री र गृहमन्त्रीले कानुनको दुरूपयोग गरेको बताएका थिए।

 

सहकारी ठगी सम्बन्धी प्रतिवेदनमा ुछविलाल जोशीु नभएको भन्दै अधिवक्ता थापाले ऋण दिने मान्छे प्रतिवेदनमा नदेखिएको दाबी गरेका थिए।

Share: