लेखा समिति सभापति पोखरेलका ‘स्वकीय’ विरुद्ध पक्राउ पुर्जी

97
0
Share:

काठमान्डौ/सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।

 

अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनिललाइ पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिए ।

 

केही दिन अघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाइ बर्खास्त गरेका थिए ।

 

Share: