त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्त

84
0
Share:

काठमान्डौ/त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

 

प्रमुख नियुक्ति नहुँदा लामो समयदेखि क्याम्पस निमित्तको भरमा थिए । गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।

 

s1-1736750865.jpg

s2-1736750877.jpg

Share: