रक्तचन्दन जस्तो देखिने काठसहित दुई जना पक्राउ

44
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्त चन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा बोरा भित्र रहेको उक्त परिमाणको काठ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Share: