
काठमान्डौ/नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत ६० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि राष्ट्र बैंकले ६० अर्ब तान्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत तरलता झिक्न लागेको हो ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम थुप्रिएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत खिच्दै आएको छ ।
आइतबार बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ-ब्याज २७ माघमा भुक्तानी हुनेछ । निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।