रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

92
0
Share:

काठमान्डौ/धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् । केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए ।

 

उनले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौँ जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए ।

 

साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।

Share: