Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनआरएनएका माग क्रमशः पूरा हुँदै जान्छन् : प्रधानमन्त्री – Lekhanpeeth

एनआरएनएका माग क्रमशः पूरा हुँदै जान्छन् : प्रधानमन्त्री

133
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीको माग आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताएका छन् । गत आइतबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उनले यस्ते आश्वासन दिएका हुन् ।

 

भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीसँग अनुरोध गरेका थिए ।

 

लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुसी हुने अवस्था नभएको अध्यक्ष डा. केसीको गुनासो थियो ।

 

पछिल्लोपटक गैरआवासीय नेपाली नागरिकताबाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष डा. केसीले संविधानले नै दिएको अधिकार संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएको उल्लेख गरेका थिए ।

 

जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानुन निर्माणको चरणमा रहेकाले पनि कार्यान्वयनमा ढिलाइ भए पनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

प्रधानमन्त्रीले भने, ‘‘अब संसद बैठक आह्वान हुँदा तपाईंहरूको समस्या पनि सम्बोधन हुन्छ, सबै एकैपटक नभए पनि क्रमशः तपाईंहरूले भोग्नुपरेको कठिनाइ सम्बोधन हुन्छ ।ʼ’ सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपालीलाई १० वर्षे भिसा दिने व्यवस्था लागु गरेपछि संघले राजनीतिक भेटघाटलाई तीव्र पारेको छ ।

Share: