२०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

Share:

काठमान्डौ/नेकपा (एमाले)ले वि.सं. २०८२ भदौमा पार्टीको विधान महाधिवेशन डाक्ने निर्णय गरेको छ । मङ्गलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरीस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा विधान महाधिवेश गर्ने निर्णय गरेको हो ।

 

एमालेले यसअघिको विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म आयोजना गरेको थियो ।

 

सो महाधिवेशनमा प्रतिनिधिहरूले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, तत्कालीन महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेका थिए ।

Share: