वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला

90
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका हुन् ।

 

उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रस्ट पारे । उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए । संविधान संसोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बीचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरूको पनि सहमति आवश्यक रहेको उनले बताए ।

 

उनले काठमाडौं जिल्ला अदालत अगाडि कानुन व्यवसायीमाथि भएको घटना अराजक तर्क गरे । नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समय अर्थात २०८२ मंसिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए ।

 

कोइरालाले सरकारले ल्याएको अध्यादेशहरूको विषयवस्तु राम्रो भएपनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे ।

Share: