अध्यक्ष ‘प्रचण्ड’ दाङमा, खबरदारी सभालाई सम्बोधन गर्दै

Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ पुगेका छन् ।

 

उनले आज तुलसीपुरको बटोलपुरमा शहीद परिवारसँग भेटघाट गरी त्यहीँ खाना खाएर तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

तुलसीपुरको कार्यक्रमपछि उनी शहीद स्मृति आवासीय माविमा पुगेर त्यहाँ अध्ययनरत शहीदका सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको छलफल गर्ने तय भएको छ । अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौँ फर्कने कार्यक्रम छ।

Share: