Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो सुन, तोलामा २ लाख नजिक – Lekhanpeeth

एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो सुन, तोलामा २ लाख नजिक

190
0
Share:

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएकाे छ । आज एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुनको मूल्य मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियाे ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

Share: