Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ओलीले गरे मोदीसँग टेलिफोन संवाद – Lekhanpeeth

प्रधानमन्त्री ओलीले गरे मोदीसँग टेलिफोन संवाद

168
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच बुधबार टेलिफोनमा कुराकानी भएको हो ।

जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।

‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरूविरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

पहालगाममा आतंकवादी हमला हुँदा २६ जनाको मृत्यु भएको थियो । जसमा बुटवलका सुदीप न्यौपाने पनि परेका छन् । उनकी आमा पनि घाइते छन् ।

Share: