Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्न पहल गछौँ: महामन्त्री शर्मा – Lekhanpeeth

सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्न पहल गछौँ: महामन्त्री शर्मा

155
0
Share:

काठमाडाैं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवाद समाधानका लागि सर्वपक्षीय छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग बिहिबार साँझ भएको भेटमा पार्टी सभापति शेरबहादुर देउवासँग एनआरएनए समेतका प्रतिनिधि राखेर सर्वपक्षीय छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने बताए । त्यसअघि संघका अध्यक्ष डा बद्री केसी र उपाध्यक्ष डा हेमराज शर्माले संयुक्त रुपमा पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

फरक प्रसंगमा अध्यक्ष डा केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपछि सरकारले नै उक्त नागरिकता नचिनेको भन्दै ध्यानाकर्षण गराउए । उनले भने, ”नागरिकता वितरण गरिएको डेढबर्ष भन्दा बढी भइसकेको अवस्थामा यसको कार्यान्वयनको लागि भने समस्या जहाँ त्यही छ ।” अध्यक्ष डा केसीले नागरिकता लगायत अन्य धेरै मागहरुको कार्यान्वयन गैरआवासीय नेपाली ऐनसँग पनि जोडिने भएकोले उक्त ऐन यथाशक्य छिटो ल्याउन समेत अनुरोध गरे ।

यस्तै उपाध्यक्ष डा हेमराज शर्मालेसंविधानतः विदेशमा बसेका नेपालीले पाउने आर्थिक अधिकार, पैतृक सम्पत्तिको भोगचलन लगायतका विषयमा स्पष्ट व्याख्या नभएकोले पनि समस्या भइरहेकोले ती सबैलाई सम्बोधन गर्न गैरआवासीय नेपाली ऐन आवश्यक रहेको उल्लेख गरे ।

जवाफमा महामन्त्री शर्माले अब बस्ने संसद बैठकमार्फत उक्त ऐनलाई प्रक्रियामा लगेर पूर्णता दिने प्रतिबद्धता जनाए ।

भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षत्रय डा. हेमराज शर्मा, रोजिना प्रधान राई,सचिव राधिका (टीका) गुरुङ, संघका सिइओ राजेन्द्र कुमार राउत र अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

Share: