इन्फिनिटी लघुवित्तको नाफा ९८.७४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट

10
0
Share:

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा इन्फिनिटी लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा ९८.७४ प्रतिशतले घटेर ६ लाख ६१ रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसैअवधिमा यसले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावित भएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी भने २८.१९ प्रतिशतले बढेर २५ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । यसअवधिमा कम्पनीको खराब कर्जा पनि अत्याधिक बढेको छ । गत वर्ष ४.९७ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा बढेर १४.३५ प्रतिशत भएको छ ।

कम्पनीको अधिकांश सूचक घटेसँगै प्रतिसेयर आम्दानी पनि भारी मात्रामा घटेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९२ पैसाले घटेर १८ पैसा (वार्षिक) मा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १४ रुपैयाँ १० पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा छ ।

Share: