मिथिला लघुवित्तको नाफा ५ करोड ३२ लाख

20
0
Share:

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोहि अवधिसम्म ३ करोड रुपैयाँ नाफा कमाएको थियो।

गत वर्ष ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष १३ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यस्तै, कम्पनीले गत वर्ष साढे ३ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा यस वर्ष ११५ प्रतिशतले वृद्धि भएर ७ करोड ५९ लाख रुपैयाँ नाघेको छ। कम्पनीको खराब कर्जा ४.६८ प्रतिशत छ।

कम्पनीको चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा १९ करोड रुपैयाँ रहेको छ। कम्पनीले साढे १ अर्ब रुपैयाँ सापटी लिएर २ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह र १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ २२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ९८ पैसा रहेको छ।

Share: