साहस उर्जाको नाफा ७४ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति?

106
0
Share:

काठमाडाैं । साहस उर्जा कम्पनी लिमिटेडको नाफा ७४.४५ प्रतिशतले बढेकाे छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँबराबरको नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ५.८४ प्रतिशतले बढेको छ । विद्युत बिक्री आम्दानी २ अर्ब २ करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले ३३ लाख ३० हजार रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ ।

यस्तै कम्पनीको वित्त खर्च पनि ९१ करोड ६८ लाखबाट घटेर ६२ करोड ९८ लाखमा झरेको छ । अघिल्लो आवमा ९७ लाख ५८ हजार रहेको कर्मचारी बोनस १ करोड ७१ लाख पुगेको छ । कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र कुल चालु दायित्व २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२९.४२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६९.२६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८२.१८ र तरलता अनुपात ०.४८ प्रतिशत रहेको छ ।

Share: