
काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५० को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढेकाे छभने १६४कम्पनीको मूल्य घटेको छ ।
आज १० अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.४५ प्रतिशतका दरले गुमाएका हुन् ।