हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर

16
0
Share:

काठमाडाैं। नेपाली बजारमा हुन्डाई इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने उपभोक्ताहरूका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नयाँ प्रि–बजेट अफर ल्याएको छ । यो अफर २०८२ जेठ ५ गतेदेखि १४ गतेसम्म सीमित अवधिका लागि लागू गरिएको हो । कम्पनीले विद्युतीय सवारीप्रतिको पहुँच विस्तार गर्ने उद्देश्यले हुन्डाईका तीन लोकप्रिय मोडेलमा विशेष अफर लागू गरेको हो ।

यस योजना अन्तर्गत, हुन्डाई कोना इलेक्ट्रिक, बहुप्रशंसित आइओएनआइक्यू ५ र क्रेटा इभीमा विशेष नगद छुट, निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । यी अफरले इलेक्ट्रिक सवारी साधनलाई अझ किफायती बनाउँदै उपभोक्ताको लागि थप आकर्षक बनाएको छ ।

कम्पनीका अनुसार, निःशुल्क बीमा सुविधा अन्तर्गत ग्राहकले सवारी खरिदसँगै आफ्नो गाडीको बीमा कभरेज बिना कुनै थप लागत पाउने छन् । साथै सरकारद्वारा लागु गरिएको सडक करसमेत कम्पनीले आफैं व्यहोर्ने जनाएको छ । यसले विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकको सुरुआती लागतमा उल्लेखनीय सहजता ल्याउने देखिएको छ ।

अत्याधुनिक प्रविधि, दीर्घ दायरा र आधुनिक डिजाइनसहितको यी तीनवटा इभी मोडेल अहिले नेपालमा निकै रुचाइएका छन् । कम्पनीले नेपाली बजारमा विद्युतीय सवारी साधनको दिगो विकासमा योगदान दिने उद्देश्यसहित यो अफर ल्याएको जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई आफ्नो नजिकको हुन्डाई शोरुममा गएर आफुलाई उपयुक्त इभी छनोट गर्न र यो विशेष योजना अन्तर्गत बुकिङ गर्न आह्वान गरेको छ । अफर सीमित अवधिका लागि मात्र रहेकोले चाँडो निर्णय गर्नुपर्ने सन्देश पनि दिइएको छ ।

 

Share: