नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो

15
0
Share:

काठमाडौं । नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेको छ भने कुल आम्दानी ८.८९ प्रतिशत घटेको छ ।

हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४१ रुपैयाँ ०२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर २१.०५ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३.९३ रुपैयाँ रहेको छ ।

 

Share: