Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउतलाई ‘आयन भी’को ब्रान्ड एन्डोर्सर नियुक्त – Lekhanpeeth

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउतलाई ‘आयन भी’को ब्रान्ड एन्डोर्सर नियुक्त

124
0
Share:

काठमाडाैं । नेपालमा आयन भी इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले, अभिनेत्री वर्षा राउतलाई e:xtraordinary AION V कोआधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै, उक्त गाडी हस्तान्तरण गरेको छ ।

नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब आयन भी परिवारको हिस्सा बन्न पुगेको कम्पनीले जनाएको छ । उनी जस्तै बहुआयामिक क्षमता बोकेको आयन भी ले समेत इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको कम्पनीले जनाएको छ ।

सीजी मोटर्सका जीएम–सेल्स, सुशील क्षेत्रीले भने ‘हामी वर्षा राउतलाई आयन भी को ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं।उनको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयन भीको पहिचानसँग पूर्णरूपमा मेल खान्छ।हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनःपरिभाषित गर्ने आशा राख्छौं।’

आयन भीमा रहेको ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेंज एङ्जायटीलाई पूर्णरूपमा हटाउँने कम्पनीको भनाई छ। दूरदर्शी, महत्वाकांक्षी र सचेतचालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्छ।

वर्षा राउत भन्छिन् ‘आयन भी केवल गाडी मात्रै होइन । यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैली सँग गहिरो रूपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबै भन्दा फरक बनाएको छ।यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु । जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ।’

Share: