महानगरका प्रवक्ता मानन्धरलाई मेयर बालेनले सोधे स्पष्टीकरण

53
0
Share:

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । मेयर शाहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।

आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए ।

मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन् ।

Share: