
काठमाडौं । आज सेयर बजार बढेकाे छ । नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३ को विन्दुमा कायम भएको छ ।
आज १४८ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६० करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओममेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।