प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

72
0
Share:

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो ।

मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर गरेर स्थगित गरिएको हो ।

दलहरूबीच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।

Share: