मानव तस्करीविरूद्व आवाज उठाउँदा संसदबाट निकालिन्छ भने निकालियोस् : सांसद गौतम

45
0
Share:

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सांसद सोबिता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गर्ने बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर रचनात्मक विरोध गरेका रास्वपा सांसदलाई कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभा नियमावलीबमोजिम चेतावनी दिएर निष्कासन गर्न माग गरेका थिए ।

‘विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ,’ उनले भनिन्, ‘आज मानव तस्करीविरुद्धको ऐक्यबद्धता स्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ । हुन्छ, संसदबाट निकालियोस् ।’

तर, नयाँ पुस्ताले रचनात्मक आन्दोलन गरिरहने उनको भनाइ छ । ‘नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन। कांग्रेस विरोधमा हुँदा प्र.म. केपी शर्मा ओलीलाई कुट्न आएकै घटना आर्काइभमा कैद छ। कुर्सी भाँच्न आउँदैन । माइक फोड्न आउँदैन,’ गौतमले भनिन् ।

Share: