
काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४ को विन्दुमा कायम भएको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका हुन् ।